भारतले पाकिस्तानमाथि आक्रमण गर्नु दुखद्, नेपाल मौन बस्न मिल्दैन : देव गुरुङ

काठमाडौं । नेकपा माओवादीका महासचिव देव गुरुङले भारतले पाकिस्तानको विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणप्रति दुख व्यक्त गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमा स्टाटस् लेख्दै नेता गुरुङले पहलगामको आक्रमण कसले गरेको हो भन्नेबारे पुष्टि नहुँदै भारतले पाकिस्तानलाई आरोपित गरि आक्रमण गर्नु न्यायोचित नहुने बताएका छन् ।
‘भारतले आक्रमणको कारण केहि दिन अगाडि कास्मिरको पहलगाममा भएको आतंककारी आक्रमणको बदला बताएको छ। निश्चयपनि जनसंहारकारी आतंककारी गतिविधिको विरोध गर्नै पर्छ। तर उक्त पहलगामको आक्रमण कस्ले गरेको हो भन्नेबारे स्वतन्त्र रुपमा पुष्टि भएको देखिँदैन। यस्तो स्थितिमा पाकिस्तानलाई आरोपित गरि आक्रमण गर्नु न्यायोचित मान्न सकिने देखिँदैन,’ उनले भनेका छन् ।
नेता गुरुङले छिमेकी देशहरु बिचको द्वन्दले नेपाल पनि प्रभावित हुने भएकाले यस्ता कारबाही बन्द गरी दुवै मुलुकबीचमा संवाद गरिनुपर्ने बताएका छन् । साथै पहलगाम हत्या काण्डबारे स्वतन्त्र अन्तरराष्ट्रिय कमिसन गठन गरी छानविन गरिनुपर्ने उनको भनाइ छ ।
‘भारत र पाकिस्तान दुवै नेपालको छिमेकी मित्रराष्ट्र हो। दुवै मुलुकसँग नेपालको दौत्य सम्बन्ध छ। छिमेकीहरुबीचको द्वन्दबाट नेपाल प्रभावित हुन्छ। यस्तो स्थितिमा नेपालले संयुक्त राष्ट्रसंघको वडापत्र र पन्चशिल को सिद्वान्तको आधारमा नेपाल मौन बस्न मिल्दैन। नेपालले युद्व होइन, शान्तिको पक्ष लिनैपर्छ। शान्तिको लागि आफ्नो दायित्व निर्वाह गर्नै पर्दछ,’ महासचिव गुरुङले लेखेका छन् ।

















आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई
हाइटीमा ड्रोन हमलामा सर्वसाधारणको मृत्यु
७ जिल्लाका ४९३ उम्मेदवारको जमानत जफत
समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि
धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
प्रतिक्रिया