१२ अंकले घट्यो सेयरबजार, कारोबार रकम बढ्यो

काठमाडौं । सेयरबजारमा आज १२.०४ अंकको गिरावट देखिएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले घटेर २६६१.६४ विन्दुमा थामिएको हो।
यद्यपि आज कारोबार रकम भने बढेको छ। कुल ३ करोड कित्ता बिक्रीपछि ११ अर्ब ६५ करोडको कारोबार भएको छ।
आज ९६ वटा धितोपत्रको मूल्य बढ्दा १५० वटाको घटेको छ।
बढेकामध्ये दुईवटाको सकारात्मक सर्किट लागेको छ। नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयरमा सकारात्मक सर्किट लागेको हो।
यसबाहेक छ्याङ्दी हाइड्रोपावर ९.९९ प्रतिशत, ओम मेगाश्री फर्म्यास्युटिकल्स ९.९९ प्रतिशत र आईसीएफसी फाइनान्सको सेयर ९.७४ प्रतिशतले बढेको छ।
गिरावट आएका सेयरमध्ये सिन्धु विकास बैंकको ४.१५ प्रतिशतले घटेको छ। यो नै अधिकतम गिरावट हो।
कारोबारतर्फ आज ङादी ग्रुप पावरो ७८ करोडको सेयर किनबेच भएको छ। त्यसैगरी लगानीकर्ताले सानिमा माई हाइड्रोपावरको ६५ करोडको कारोबार गर्दा युनिभर्सल पावरको ५७ करोड, राधी जलविद्युतको ४३ करोड र अपि पावरको ३८ करोडको कारोबार गरेका छन्।
















बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया