भारतको दाबी-‘लाहोरस्थित पाकिस्तानी रक्षा प्रणाली र राडार निष्क्रिय बनायौं’
मेरोन्यूज
२०८२ वैशाख २५ गते १६:४६

काठमाडौँ । भारतले पाकिस्तानको लाहोरस्थित वायु रक्षा प्रणालीलाई निष्प्रभावी बनाइएको दाबी गरेको छ ।
आजै विहान भारतीय सशस्त्र बलले पाकिस्ताका कयौं स्थानमा वायु रक्षा राडार र प्रणालीहरुलाई निशाना बनाएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।
रक्षा मन्त्रालयले विहीवार जारी गरेको विज्ञप्ति अनुसार पाकिस्तानले जम्मु कश्मीरका विभिन्न ठाउँमा मोर्टार र ठूलो शक्तिका क्यालिबर आर्टिलरीमार्फत नियन्त्रण रेखाभन्दा बाहिर गोलाबारी गरेकाले प्रतिकार गरिएको हो ।
गएराती पाकिस्तानले ठाउँ ठाउँमा हमला गरेको र त्यसको जवाफ भारतले दिएको रक्षा मन्त्रालयको दावी छ । पाकिस्तानको गोलाबारीका कारण तीन महिला र पाँचजना बालबालिकासहित १६ निर्दोष नागरिक मारिएकोले जवाफी कारवाही गर्न बाध्य भएको रक्षा मन्त्रालयले जनाएको छ ।

सम्बन्धित










एमाले उपाध्यक्ष: विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण
एमाले महाधिवेशन : महासचिवमा शंकरको प्रारम्भिक अग्रता
एमाले महाधिवेशन : अध्यक्षमा केपी ओलीको शुरुआती अग्रता
मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने
एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
प्रतिक्रिया