माडर सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

सिरहा । भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमामा समेत परेको छ ।
नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन् ।
सिरहा नगरपालिका–१७ माडरस्थित सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाइएको छ । नाकामा दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ छन्। दुवै देशका सुरक्षा निकायले तालमेल गर्दै संयुक्त गस्ती थालेका छ्न।
सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण र शान्ति सुरक्षा सुनिश्चित गर्न संयुक्त गस्ती सुरु गरिएको छ। सुरक्षाफौजको यस्तो सहकार्यले सीमावर्ती क्षेत्रमा अनावश्यक आवतजावत, तस्करी तथा आपराधिक गतिविधि नियन्त्रण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
भारत-पाकिस्तान तनावले उक्त क्षेत्रका नागरिकहरू नेपाल प्रवेश गर्ने खतरा रहेको सुरक्षा निकायको निष्कर्ष छ। गृह मन्त्रालय स्रोतका अनुसार युद्धका बेला पीडितहरू अन्य देशमा शरण माग्न जाने प्रचलन छ। यस्ता समूहहरू लुकीछिपी नेपाल प्रवेश गर्न सक्ने सम्भावना छ।
यसका लागि सरकारले सीमामा संयुक्त गस्ती बढाउने, विशेष निगरानी गर्ने र सबै सुरक्षा निकायलाई हाइ अलर्टमा राख्ने सरकारको तयारी छ। परिचय नभएका व्यक्तिलाई नेपाल प्रवेशमा रोक लगाउने निष्कर्ष पनि निकालिएको छ।
















वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध
शेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया