जनकपुर र बर्दिबासमा लक्ष्मी अटोकम्पद्वारा निःशुल्क ब्याट्री चेकअप क्याम्प सम्पन्न

काठमाडौं । टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी अटोकम्प प्रालिले उपत्यका वाहिर जनकपुर र बर्दिबास क्षेत्रमा पहिलो पटक आयोजना गरेको निःशुल्क ब्याट्री क्याम्प सफलतापूर्वक सम्पन्न गरेको बताएको छ ।
गत बैशाख ३० देखि शुरु भएको सो क्याम्प जेठ २ गते सम्म चलेको थियो । बर्दिबासको श्रेष्ठ ट्रेडर्स तथा जनकपुरको बजरंग चोकस्थित स्टार जनरल सप्लायर्स, भानुचोकस्थित श्री जानकी ट्रेडर्स र पिडारीचोकस्थित रोशन ट्रयाक्टर पार्ट्स गरी चार स्थानमा सो क्याम्प सञ्चालन गरिएको थियो ।
शिविर अवधिभर टु ह्विलर र फोर ह्विलर दुवै प्रकारका सवारी साधनहरुको ब्याट्री जाँच निःशुल्क रुपमा गरिएको थियो । सो अवसरमा गाडी चालक र आगन्तुकहरुलाई ब्याट्री सम्बन्धी जानकारी प्रदान गरिएको थियो । यसबाट ग्राहकहरुको विश्वासमा वृद्धि भएको कम्पनीको भनाइ छ ।
दुईपांग्रे ब्याट्री खरिदकर्ताहरुलाई टिसर्ट, पेन, नोटप्याड, टोपी, छाता र किरिङ सहितको गिफ्ट ह्याम्पर तथा चारपांग्रे एवम् इन्भर्टर ब्याट्री खरिदकर्ताहरुलाई आइरन र झोला वितरण गरिएको थियो । जाँच मात्रै गराउन आएका आगन्तुकहरुलाई पनि स्टेशनरी सामग्री र छुट कुपन वितरण गरिएको थियो ।
कार्यक्रममा करिव ३ सय भन्दा बढी सहभागीहरुको उल्लेखनिय उपस्थिति रहेको बताइएको छ । लक्ष्मी अटोकम्पका सेल्स हेड उमेश घिमिरेको नेतृत्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
क्याम्पले ग्राहक, चालक र डिलरहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै टाटा ग्रिन ब्याट्रीको सशक्त उपस्थिति जनकपुर क्षेत्रमा स्थापित गरेको कम्पनीको दावी छ । कम्पनीले भविष्यमा यस्ता सेवामूलक कार्यक्रम नेपालका अन्य भागहरुमा पनि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
प्रतिक्रिया