कामना सेवा विकास बैंकद्वारा अन्तर बैंक टेलर क्यूआर सञ्चालनमा
मेरोन्यूज
२०८२ जेठ ९ गते १६:३७

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गदैं अन्तर बैंक टेलर क्यूआर सञ्चालनमा ल्याएको छ । यो सेवा सञ्चालनमा आए सँगै अब अन्य बैंक तथा वित्तीय संस्थाको मोबाईल बैंकिङ एप प्रयोग गरि कामना सेवा विकास बैंकको नगद काउण्टरबाट रकम झिक्न सकिने छ । बैंकले आफ्नो स्मार्ट टेलर क्युआर प्रयोग गरि अन्य बैंकहरुको खाताको रकम झिक्न सकिने व्यवस्था मिलाईएको जनाएको छ ।
कुनै एउटा बैंकमा रहेको खाताबाट रकम झिक्न सोही बैंकमा नै जानुपर्ने बाध्यतालाई यो सुविधाले हटाएको छ । बैंकले प्रविधिको विकासलाई आत्मसात गर्दै ग्राहकहरूको समय, सुविधा र सुरक्षालाई प्राथमिकता दिँदै बैंकिङ्ग प्रक्रियालाई अझ सरल, सहज र द्रुत बनाएको छ ।
सम्बन्धित

















बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि
Teenager buried to death due to mound-collapse
Pakistan congratulates Nepal on successful completion of general elections
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया