मंगलबार, पुष १, २०८२

पल्सर एन १२५ नेपालगञ्जमा सांगीतिक कार्यक्रमसहित सार्वजनिक हुँदै

मेरोन्यूज २०८२ जेठ ११ गते १३:४०

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपालगञ्जमा पल्सर एन १२५ को सार्वजनिक गर्दैछ ।

बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमहरूका लागि परिचित छ । र, यसपटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै, नयाँ पल्सर एन १२५ को लन्च संगीतमय साँझमार्फत गरिँदैछ ।

जेठ ११ गते आइतबार साँझ साढे ६ बजेदेखि नेपालगञ्ज, बागेश्वरी मन्दिरको पूर्वतर्फ हुन गइरहेको कार्यक्रममा प्रवेश नि:शुल्क हुनेछ । कार्यक्रममा चर्चित नेपाली कलाकार सुगम पोखरेल र चक्र बमको लाइभ प्रस्तुति रहनेछ ।


कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर एन १२५ हो, जसमा १२४.५८ सीसी एयर-कुल्ड, सिंगल सिलिन्डर इञ्जिन छ, जसले ८.८२ kW पावर र ११ Nm टर्क उत्पादन गर्दछ । यो १२५ सीसी सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन रहेको कम्पनीले जनाएको छ ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका मार्केटिङ प्रमुख अमितराज चालिसेले भने, ‘एन १२५ लाई नेपालगञ्जमा ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठूलो संख्यामा दर्शक र राइडरहरूको उपस्थिति अपेक्षा रहेको छ ।’

प्रतिक्रिया