पल्सर एन १२५ नेपालगञ्जमा सांगीतिक कार्यक्रमसहित सार्वजनिक हुँदै

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपालगञ्जमा पल्सर एन १२५ को सार्वजनिक गर्दैछ ।
बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमहरूका लागि परिचित छ । र, यसपटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै, नयाँ पल्सर एन १२५ को लन्च संगीतमय साँझमार्फत गरिँदैछ ।
जेठ ११ गते आइतबार साँझ साढे ६ बजेदेखि नेपालगञ्ज, बागेश्वरी मन्दिरको पूर्वतर्फ हुन गइरहेको कार्यक्रममा प्रवेश नि:शुल्क हुनेछ । कार्यक्रममा चर्चित नेपाली कलाकार सुगम पोखरेल र चक्र बमको लाइभ प्रस्तुति रहनेछ ।
कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर एन १२५ हो, जसमा १२४.५८ सीसी एयर-कुल्ड, सिंगल सिलिन्डर इञ्जिन छ, जसले ८.८२ kW पावर र ११ Nm टर्क उत्पादन गर्दछ । यो १२५ सीसी सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन रहेको कम्पनीले जनाएको छ ।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका मार्केटिङ प्रमुख अमितराज चालिसेले भने, ‘एन १२५ लाई नेपालगञ्जमा ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठूलो संख्यामा दर्शक र राइडरहरूको उपस्थिति अपेक्षा रहेको छ ।’
















आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया