एमएडब्लू वृद्धि स्पिड चार्जर्सको जोमसोममा सीसीएस२ ईभी चार्जिङ स्टेसन

काठमाडौं । एमएडब्लू वृद्धि स्पिड चार्जर्सले जोमसोममा सीसीएस२ इलेक्ट्रिक गाडी (ईभी) चार्जिङ स्टेसन औपचारिक रूपमा उद्घाटन गरेको छ ।
जुन अब उच्च भूभागमा रहेका चार्जिङ स्टेसनहरूमा समावेश भएको छ। यो उपलब्धिले दुर्गम र कठिन भौगोलिक स्थानमा पनि ईभी पूर्वाधार विकासमा कम्पनीको महत्त्वपूर्ण भूमिका पुष्टि गरेको कम्पनीले जनाएको छ ।
जोमसोममा स्थापना गरिएको चार्जिङ स्टेसन केबल इन्जिनियरिङ उपलब्धि मात्र नभई, नेपालमा विद्युतीय सवारी साधन (ईभी) विकासको सुरुवाती कदम भएको कम्पनीले जनाएको छ ।
एमएडब्लू वृद्धिले हाल नेपालभर ११६ स्थानमा रणनीतिक रूपमा राखिएका सीसीएस२ चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याएको छ ।
यस पहलले ईभी पूर्वाधार सुदृढ गर्नुका साथै जोमसोमजस्तो लोकप्रिय पर्यटकीय गन्तव्यमा दिगो पर्यटनलाई पनि प्रवर्द्धन गर्छ। जोमसोम नेपालको धेरै यात्रा गरिने ठाउँमध्ये एक हो, जहाँ स्वदेशी र विदेशी पर्यटकहरूको भीड लाग्ने गर्दछ ।
पर्यावरणप्रेमी यात्रुका लागि वातावरणमैत्री यात्रालाई सहज बनाउने दिशामा यो चार्जिङ स्टेसनको स्थापना एक ठूलो कदम भएको बताइएको छ ।
समग्रमा, इनोभेसन र डिटरमिनेसको उत्कृष्ट सम्मिश्रण देखिने यो उपलब्धिले ईभी प्रयोगकर्ता, वातावरणप्रेमी र सरकारी नीति निर्माताबीच ठूलो विश्वास बढाउने कम्पनीको विश्वास छ ।
नेपालको पहिलो विद्युतीय सवारी साधन (ईभी) चार्जिङ नेटवर्कको रूपमा एमएडब्लू स्पिड चार्जर्सले दिगो मोबिलिटीतर्फ परिवर्तनको नेतृत्व गरिरहेको छ ।
















उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया