सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
मेरोन्यूज
२०८२ जेठ १२ गते १०:५२

काठमाडौँ । स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा सात सयले घटेर १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो आइतबार सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ८ सयमा कायम भएको थियो ।
यसैगरी, चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला दुई हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया