पैसा भुक्तानी गरिसक्दा पनि भारतले किन पठाएन १० लाख डोज खोप ?

काठमाडौं । भारत सरकारले नेपालले खरिद गरेको १० लाख डोज खोप अझै पठाएको छैन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले गत फागुन ५ गते भारतको सीरम इन्ष्ट्यिूटसँग २० लाख मात्रा खोप खरिद गर्ने सम्झौता गरेको थियो ।
जुन एक डोजको ४ डलरका दरले २० लाख खोप डोज खरिद गर्ने सम्झौता भएको थियो । जसमा पहिलो चरणमा भारतले १० लाख डोज पठाएको थियो । तर त्यसपछि स्वास्थ्य मन्त्रालयले तोकेता गर्दा पनि खोप उत्पादन कम्पनीले कुनै चासो दिएको छैन् ।
त्यसअघि भारत सरकारले नेपाललाई अनुदानस्वरूप कोल्भिसिल्ड खोपको १० लाख मात्रा उपलब्ध गराएको थियो । त्यही खोप प्रयोग गरेर नेपालमा कोभिड–१९ विरुद्ध खोप अभियान सुरु गरिएको थियो ।
स्वास्थ्य मन्त्री हृदयस त्रिपाठीले पत्रकारसँगको भेटमा ५० लाख डोजका लागि स्वास्थ्य सेवा विभागले सिरमसँग कर्मसियल मूल्यमा माग गरेको तर त्यसमा १० प्रतिशत बिचौलियाले कमिसन माग्दा नदिन खोज्दाखोज्दै २५ दिनदेखि २८ दिन ढिला भएकाले खोप दिन भारतले रोक लगाएको बताएका थिए । ‘यस्ता बिचौलिया निकै शक्तिशाली हुन्छन्’, उनले भनेका थिए ।
परिवार कल्याण महाशाखाका प्रमुख तारानाथ पोखरेलले स्वास्थ्य मन्त्रालयले सम्झौता गरेको खोप नआँदा थप खोप अभियान नै प्रभावित हुने भएको बताए । उनले भने, ‘सरकारले खरिद गरेको १० लाख खोप सिरमले नपठाए खोप अभियान नै प्रभावित हुनेछ ।’
नेपालले खरिद गरेको १० लाख खोप छिटो पठाउन पटकपटक पत्र पठाउँदा पनि भारतले वास्ता नगरेको उनले बताए । सातामा दुई पटकसम्म पत्र पठाउने गरिएको उनले जानकारी दिए ।
उक्त खोप आए मात्र दोस्रो खोप कार्यक्रम थप संचालन गर्न नसकिने उनले जानकारी दिए । उनले भने, ‘यदि भारतले खरिद गरेको १० लाख खोप पठाएन भने हाम्रो ठूलो जनसंख्या प्रभावित हुन्छ ।’
कोल्भिसिल्ड खोप अभियानमा दोस्रो डोज लिन सबै आएका छैनन् । ८५ प्रतिशतले मात्र दोस्रो डोज लिएको उनले जानकारी दिए । हालसम्म २१ लाख १२ हजार भन्दा बढीले पहिलो मात्रा खोप लिएका छन् । दुवै मात्रा खोप प्राप्त गर्ने नेपालीको संख्या तीन लाख ६९ हजार छ ।
गतमाघ १४ देखि १० फागुनसम्म कोल्भिसिल्डको पहिलो मात्रा लगाएका ४ लाख ३९ हजार हजार मध्ये ३ लाख ६२ हजारले दोस्रो मात्रा लगाएका छन् । २३ फागुनपछि ६५ वर्षभन्दा माथिका थप १८ लाख भन्दा बढीले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

















६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराइन् निर्वाचनबारे जानकारी
निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया