बागमती प्रदेशसभामा धन्यवाद प्रस्ताव पारित

मकवानपुर। बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले सार्वजनिक गरेकाे भन्दै उनीप्रति धन्यवाद प्रस्तावलाई सर्वसम्मतबाट पारित गरिएको छ । ‘
सरकारका तर्फबाट प्रदेशप्रमुखले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे भन्दै धन्यवाद ज्ञापन प्रस्ताव पारित गरियोस्’ भनी प्रदेशसभाका सांसद गोविन्द लम्सालले सभासमक्ष प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावलाई सांसद मधुसुदन पौडेलले समर्थन गरेका थिए ।
आजको बैठकमा धन्यवाद प्रस्ताव पारित गर्नुअघि मुख्यमन्त्री बहादुर सिंह लामाले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि टेबुल गरेकाे थिए । सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक यही जेठ १९ गते बिहान ११.०० बजे बस्नेगरी आजको बैठक स्थगित गरेका हुन् ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया