कृषकलाई सीपसँगै मौरीघार वितरण

दमौली (तनहुँ)। जिल्लाको आँबुखैरेनी गाउँपालिकाका कृषकलाई सीपसँगै मौरीघार वितरण गरिएको छ । आँबुखैरेनी-६ हिलेखर्कका कृषकलाई मौरीपालनसम्बन्धी तालिमसँगै ७५ प्रतिशत अनुदानमा मौरीघार, मौरी छोप्ने झोला, मौरी घुम्टी वितरण गरिएको हो ।
गाउँपालिकालाई मह पालिकाका नामले परिचित गराउने र मह उत्पादनमा आत्मनिर्भर बनाउँदै कृषकलाई व्यावसायिक बनाउन एक सय ९२ थान मौरीघार वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए ।
हिलेखर्क मौरीपालनका लागि उपयुक्त रहेको भन्दै उनले मौरीपालन सजिलो हुनुका साथै आम्दानीको स्रोत सुनिश्चित हुने भएका कृषकलाई यो व्यवसायमा आबद्ध गराउन पहल थालिएको उनले बताए । उनले भने, “पालिकाको चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमबमोजिम कृषकलाई तालिम दिएर मौरीघार वितरण गरेका छौँ । पालिकालाई मह उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य लिएका छौँ ।”
मौरीपालन कार्यक्रमले कृषकहरू उत्साहित भएका र यस व्यवसायले कृषकको जीवनशैलीमा परिवर्तन ल्याई आर्थिक समृद्धि प्राप्त गर्न सकिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रले आँबुखैरेनी-५ का कृषकलाई ९० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । केन्द्रले ग्रामीण पोषण सुरक्षण कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिकाको समन्वयमा अनुदानमा मौरीघार वितरण गरेको हो ।
आँबुखैरेनी-५ माई छिम्केश्वरी कृषक समूहलाई मौरीसहितका घार, महदानी वितरण गरिएको केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । उनका अनुसार कृषकलाई एक सय थान मौरीघार वितरण गरिएको छ ।
उनले भने, “कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित सीपसँगै मौरीसहितका घार वितरण गरिएको हो । यसले कृषकलाई आयआर्जनमा जोड्न सहयोग गर्नेछ ।” यस ठाउँमा मौरीपालनको उपयुक्त सम्भावना रहेकाले कृषकलाई मौरीपालन व्यवसायमा आबद्ध गराउन खोजिएको उहाँको भनाइ छ ।
आँबुखैरेनी-५ का वडाध्यक्ष सन्तोष गुरुङले यहाँका अधिकांशको आम्दानीको प्रमुख स्रोत कृषि भएकाले मौरीपालन व्यवसाय उपयुक्त रहेको बताए । कृषकलाई स्वरोजगार बनाउँदै महमा आत्मनिर्भर बनाउने उहेश्य रहेको भन्दै आगामी दिनमा कृषिसम्बन्धी अन्य कार्यक्रम पनि गाउँपालिकाको समन्वयमा ल्याइने उनको भनाइ छ ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया