४२ लाख बराबरका मोबाइलका अवैध डिस्प्ले बरामद, एक जना पक्राउ

धनगढी । कैलाली प्रहरीले ठूलो परिमाणमा भन्सार छलीको सामानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीबार पौन १२ बजेतिर इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रण बहादुर चन्द र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्दको टोलीले संयुक्त टोलीले गोदावरी नगरपालिका–२ को एक घरमा छापा हानेर अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा डेरा गरी बस्ने डडेल्धुराको आलीताल गाउँपालिका–४ स्थायी घर भएका ३२ वर्षीय मान बहादुर वली रहेका छन् । उनको कोठामा दुई हजार ८२५ थान मोबाइलका डिस्प्ले फेला पारिएको प्रहरीले जनाएको छ । बरामद डिस्पेहरूको अनुमानित ४२ लाख ९७ हजार ५ सय रुपैयाँ रहेको छ ।
प्रहरीका अनुसार ती सामानहरू भन्सार नतिरी अवैध रूपमा भित्र्याइएको देखिएको छ । बरामद गरिएका सामानसहित वलीलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।










आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया