प्रतिनिधिसभा बैठक बस्दै , यस्ताे छ कार्यसूची

काठमाडौं, २५ जेठ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिपक्षी दलले हिजो पनि उनीहरूले संसदमा अबरोध गरिरहेका छन ।
पटक पटक स्थगित हुदैँ आएको बिहिवारकाे बैठक सुरू हुनासाथ प्रतिपक्षीले उठेर अवरोध गरे पनि सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गर्दा पनि प्रतिपक्षीले सो प्रस्ताव स्विकार गरेका थिएनन । त्यस पछि बैठकमा अबरोध कायमै भए पछि सभामुख घिमिरेले आज दिउँसो १ः०० बजेसम्मलाई बैठक स्थगित गरेका थिए ।
शुक्रबारकाे बैठक पनि बस्दै नबसी स्थगित भए पछि अाज १ः०० बजेका लागि तय गरिएकाे हाे ।
बैठकमा उपप्रधान तथा गृह मन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक बर्ष २०८२८३ का लागि पेश गरेको बजेटका बारेमा छलफल गर्ने कार्यसुची रहेको छ तर निरन्तर अबरोध र स्थगितले बजेट माथी छलफल हुन नै सकेको छैन् ।










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया