ग्यास चुहावट भई आगलागी हुँदा १५ लाख बढीको क्षति

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१ बन्साहका गणेश पन्तको घरमा आज दिउँसो आगलागी हुँदा रू १५ लाख बढीको क्षति भएको छ । भान्साकोठामा खाना पकाउन राखिएको ग्यास चुहावट भई आगलागी भएको हो ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार आगलागीबाट घरभित्र र पसलभित्र राखिएको नगद रु एक लाख १० हजार, सुन, लत्ताकपडा, खाद्यान्न, फर्निचर, फ्रिजलगायतमा गरी रु १५ लाखको क्षति भएको छ ।
आगलागी भएको जानकारी पाइएपछि नगरपालिकाको दमकलको सहायताले प्रहरी, नगर प्रहरी र स्थानीय बासिन्दाले आगलागीमाथि नियन्त्रण गरेको प्रहरी निरीक्षक बस्नेतले बताए । समयमै आगलागी नियन्त्रण हुँदा मानवीय, पशुचौपायामा क्षति हुन नपाएको उनले बताए ।
वडा अध्यक्ष उत्तरदेव भट्टका अनुसार आगलागी पीडित परिवारलाई वडाका तर्फबाट चामल, नुन तेल, दाल, चाउचाउ, भुजालगायत गरी रु पाँच हजार बरावरको सहयोग गरिएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा झलारीसँग समन्वय गरिएको उल्लेख गर्दै उनले भाँडाकुँडा, लत्ताकपडा उपलब्ध गराउनका लागि पहल गरिएको बताए । अहिले घरमा लागेको आगो नियन्त्रणमा आएको छ ।
















मौसम पूर्वानुमान: आज यी प्रदेशमा वर्षाको सम्भावना
आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
प्रतिक्रिया