हिकारू फाउन्डेसनद्वारा सशस्त्र प्रहरीलाई गोताखोर सामाग्री हस्तान्तरण

काठमाडौं। हिकारु गौतम फाउन्डेसनले सशस्त्र प्रहरीलाई गोताखोरका सामाग्री हस्तान्तरण गरेको छ।
आज राजधानीमा सामाग्री हस्तान्तरण आयोजना कार्यक्रम मार्फत सभामुख देबराज घिमिरेले सशस्त्र प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेललाई हस्तान्तरण गरेका हुन।
सस्थाका प्रमुख एवं पुर्व मन्त्री नेकपा एमालेका वरिष्ठ नेता कमलप्रसाद चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा अमेरिकामा रहेका सहयोगी हातले जम्मा गरेको रकम स्वर्गीय हिकारुका बहिनी सोनिया गौतममार्फत नेपाल ल्याएका सामाग्री एक समारोह बीच आज हस्तान्तरण गरिएको हो।
सभामुख घिमिरेबाट सामाग्री बुझ्दै प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले यो संगठनको निम्ति ठुलो उर्जा बनेको बताए।
कार्यक्रममा बिदेशी पाहुना देखी रामेछापका माननीय सांसदहरु, पुर्व राजदूतहरु, समाजसेवी र आफन्त परिवारजनको बाक्लो उपस्तिथि रहेको थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले भने, `सबैलाई प्रेरित गराउने यस कार्यक्रमबाट म प्रभावित भएको छु।
शोकलाई शक्तिमा बदल्दै सामाजिक कार्यमा लागिपरेको यो सस्थाले समाजमा थप अनुकरणीय काम गर्न सफल बनोस् शुभकामना ।´

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया