ताप्लेजुङलाई प्रदेश सरकारबाट १५ लाखसहित स्वास्थ्य सामग्री उपलब्ध

फुङ्लिङ । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङले १५ लाख रुपैयाँसहित १० शैय्या र पीपीइलगायतका सामग्री ताप्लेजुङका लागि पठाएका छन् । आइसोलेशन निर्माण तथा सञ्चालन गर्न सो रकम पठाइएको हो ।
कोभिड–१९ नियन्त्रण लागि तत्कालका लागि प्रदेश १ को सामाजिक विकास मन्त्रालयमार्फत १५ लाख रुपैयाँ पठाएको मन्त्री आङ्बुहाङका स्वकीय सचिव नारद गुरागाईंले जनाकारी दिए ।
स्टेन, टुलबक्सलगायत १० थान शैय्यासमेत मन्त्री आङ्बुहाङले ताप्लेजुङका लागि पठाएका छन् । यससँगै २०० थान पीपीइ सेट, ३०० थान स्वाब सङ्कलन गर्ने कीटबक्स, ४५ थान थर्मलगन तथा मास्क र स्यानिटाइजरसहितका सामग्री ताप्लेजुङका लागि पठाइएको गुरागाईंले जनकारी दिए ।
स्वास्थ्य सामग्री आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङ पुग्ने गुरागाईंले बताए । ताप्लेजुङसहित प्रदेश १ का हिमाली जिल्लाका लागि पीसीआर परीक्षण मेसिनसमेतको खोजी भइरहेको गुरागाईंले जानकारी दिए । (रासस)









पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सर्याे
डेङ्गीको सङ्क्रमण घट्दो क्रममा
जसपाद्वारा उमदेवारको नाम सिफारिस गर्न सर्कुलर
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले गरे उम्मेदवार नबन्ने घोषणा
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया