ताप्लेजुङलाई प्रदेश सरकारबाट १५ लाखसहित स्वास्थ्य सामग्री उपलब्ध

फुङ्लिङ । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङले १५ लाख रुपैयाँसहित १० शैय्या र पीपीइलगायतका सामग्री ताप्लेजुङका लागि पठाएका छन् । आइसोलेशन निर्माण तथा सञ्चालन गर्न सो रकम पठाइएको हो ।
कोभिड–१९ नियन्त्रण लागि तत्कालका लागि प्रदेश १ को सामाजिक विकास मन्त्रालयमार्फत १५ लाख रुपैयाँ पठाएको मन्त्री आङ्बुहाङका स्वकीय सचिव नारद गुरागाईंले जनाकारी दिए ।
स्टेन, टुलबक्सलगायत १० थान शैय्यासमेत मन्त्री आङ्बुहाङले ताप्लेजुङका लागि पठाएका छन् । यससँगै २०० थान पीपीइ सेट, ३०० थान स्वाब सङ्कलन गर्ने कीटबक्स, ४५ थान थर्मलगन तथा मास्क र स्यानिटाइजरसहितका सामग्री ताप्लेजुङका लागि पठाइएको गुरागाईंले जनकारी दिए ।
स्वास्थ्य सामग्री आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङ पुग्ने गुरागाईंले बताए । ताप्लेजुङसहित प्रदेश १ का हिमाली जिल्लाका लागि पीसीआर परीक्षण मेसिनसमेतको खोजी भइरहेको गुरागाईंले जानकारी दिए । (रासस)
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया