बिहीबार, मंसिर ११, २०८२

आज २०८२ साल असार ३ गते मंगलबारको राशिफल

मेरोन्यूज २०८२ असार ३ गते ६:०९

काठमाडौं – आज २०८२ साल असार ३ गते मंगलबार। असार कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ जुन १७ तारिख। विश्व खडेरी रोकथाम दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।

मेष : महत्वकांक्षी योजना पूर्तिको लागि योजना बनाउनुहोस्। नोकरी वा पेशामा बुद्धि विवेकले निर्णय लिनुहोला। असंयम व्यवहारले समस्या निम्त्याउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

वृष : सामाजिक कार्यको सम्बन्धमा विशिष्ट व्यक्तिहरूको साथ मिल्नेछ। रोकिएका काम बन्नाले नयाँ कार्यतर्फ अग्रसर हुन सकिनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मिथुन :सानो प्रयत्नले दिगो कार्य प्रारम्भ गर्न सकिनेछ। टाढाका इष्टमित्रसँगको भेटघाटले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा प्रतिक्षा गर्दा सकारात्मक परिणाम मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

कर्कट :आफन्तहरूको जमघटको बीचमा स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन नलाग्ला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

सिंह :मानसम्मानमा वृद्धि हुनेछ। छरछिमेकीसँग मनमुटाव सुल्झीनेछ। कृषि र ठेका पट्टाबाट लाभ मिल्नेछ। लगनशीलताले गर्दा कार्यक्षेत्रमा प्रशंसा हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

कन्या : कार्यक्षेत्रमा लोकप्रियता बढ्नेछ। आँटेका कार्यसम्पादन हुनेछन्। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। विभिन्न भौतिक वस्तु जुटाउनमा धन खर्च हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

तुला : व्यापार व्यवसायबाट मनग्य लाभ प्राप्त हुनेछ। ज्ञान र कला वा व्यक्तित्वलाई निखार्ने समय रहेको छ। कार्यक्षेत्रमा आफ्नो योजना गुप्त राख्नुहोस। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक : कीर्तिमान कार्यले यसमा वृद्धी हुनेछ। कार्यक्षेत्रमा सहकर्मीको भनेजस्तो सहयोग नमिल्ला। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

धनु : कार्यक्षेत्रमा समस्यालाई आफ्नो अनुरूप ढाल्न सकिनेछ। रचनात्मक कार्यमा सफलता मिल्नेछ। नोकरी वा पेशामा तारीफ योग्य कामले प्रशंसा बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

मकर : पारिवारिक सद्भाव बढ्नेछ। कार्यक्षेत्रमा प्रतिभाको सम्मान हुनेछ। बोलिको प्रभावले कार्यसिद्ध गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ : धैर्य र पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा नयाँ कार्यहात लाग्नेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। गृहणीहरूको सौन्दर्य वस्तुमा धन खर्च हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

मिन :वैदेशिक रोजगारमा लाभ मिल्नेछ। आफन्तहरूसँग मनमुटाव सुल्झिनेछ। विद्युतीय उपकरणको सुरक्षामा सावधानी राख्नुहोस्। अध्यात्मतर्फ मन लाग्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

प्रतिक्रिया