हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम

काठमाडाैं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड, चौतारा शाखाको आयोजनामा असार ५ गते सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–४, कुविण्डेमा निर्जीवन बीमासम्बन्धी सचेतनामूलक छलफल कार्यक्रम सम्पन्न गरिएको छ ।
कुविण्डे दुग्ध संकलन केन्द्रमा आवद्ध करिब २० जना कृषकहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा बीमाको महत्व, प्रयोग, लाभ र स्थानीय तहमा उपलब्ध निर्जीवन बीमालेखहरूबारे जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रमको उद्देश्य ग्रामीण तथा कृषक समुदायमा बीमाप्रति जनचेतना अभिवृद्धि गर्दै जोखिम व्यवस्थापनमा उनीहरूको पहुँच सुलभ बनाउनु रहेको थियो ।
कार्यक्रममा कुविण्डे दुग्ध कृषि सहकारीका अध्यक्ष प्रेमप्रसाद सापकोटाले कृषकको जीवनस्तर उकास्न बीमा क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै बीमाको पहुँच विस्तार गर्दै दाबी प्रक्रिया सरल र सहज बनाउन बीमा कम्पनीहरू अझ बढी सक्रिय हुनुपर्ने धारणा व्यक्त गरे ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आगामी दिनहरूमा पनि अन्य स्थानीय तहमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
















बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया