इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन–चालकलाई अवसर

काठमाडौं । मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरुवात गरेको छ ।
अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रिया पछि, यस पटक अभियानलाई अझ बढी परिस्कृत बनाउने वाचा गर्दै प्लेटिनम ड्राइभर्स गिभअवे शुरुवात गरेको जनाएको छ ।
इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरुपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याएको र यसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, टिभीएस रेइडर मोटरसाइकल र प्रिमियम हाई–इण्ड ग्याजेटहरू रहेको कम्पनीले जनाएको छ ।
जून १६ देखि जून २२, २०२५ सम्म, चालकहरूले प्लेटिनम स्ट्याटस प्राप्त गर्न र गिभअवे क्याम्पेनमा प्रवेश गर्नका लागि योग्य हुन ३५ ओटा राइड पूरा गर्नुपर्नेछ ।
जुन २३, २०२५ देखि, इनड्राइभ चालकहरूले विक्ली च्यालेन्जेजको सिरिजमा भाग लिने मौका पाउनेछन्, प्रत्येक हप्ताको उनीहरूले विशेष पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्नेछन्। जुन २३ देखि जुलाई १३ सम्मको विक्ली च्यालेन्जेजमा प्लेटिनम स्ट्याटस प्राप्त गर्ने चालकहरू साप्ताहिक पुरस्कारहरूको लागि मात्र नभई ग्रान्ड प्राइजको लागि पनि योग्य हुनेछन्, जसमा क्याब (ट्याक्सी) चालकहरूको लागि टाटा एक्सप्रेस–टी इभी र बाइक राइडरहरूको लागि टीभीएस रेइडर मोटरसाइकल रहेको छ ।
क्याम्पेन तीन हप्तासम्म आयोजना हुनेगरि डिजाइन गरिएको र प्रत्येक हप्ता विजेताहरूको घोषणा गरिने तथा जुलाई १७, २०२५ मा ग्राण्ड विनरको घोषणा गरिने कम्पनीले जनाएको छ ।
पुरस्कारहरूः
टाटा एक्सप्रेस–टी इभी (क्याब श्रेणीको ग्रान्ड प्राइज)
टीभीएस रेइडर मोटरसाइकल (बाइक श्रेणीको ग्रान्ड प्राइज)
स्मार्टफोनः १५ ओटा
स्मार्टवाचः ३० ओटा
इयरबड्सः ३० ओटा
साप्ताहिक पुरस्कार (५ स्मार्टफोन, १० स्मार्टवाच, १० इयरबड)
ग्रान्ड प्राइजको लागि योग्य हुन, चालकहरूले क्याम्पेनको तीनै हप्ताको लागि प्लेटिनम स्ट्याटस मेन्टेन गर्नुपर्नेछ। कुनै पनि हप्तामा प्लेटिनम स्ट्याटस प्राप्त गर्ने चालकहरूलाई साप्ताहिक पुरस्कार विजेतामा सहभागी गराईनेछ।
क्याम्पेन तालिकाः
जुन १६: क्याम्पेन घोषणा
जुन २३ – जुलाई १३ विक्ली च्यालेन्जेज
जुलाई १७: ग्रान्ड प्राइज विजेताहरूको घोषणा
रिजिनल ड्राईभर ओपरेसन टिम लिडर– साउथ एशिया, इनड्राइभका डिमित्री ओख्लोप्कोभले क्याम्पेनको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘चालकहरू इनड्राइभको सफलताको जग हुन, र उनीहरूको सहभागिता हाम्रो मिशनको लागि महतव्पूर्ण रहेको छ । यो अभियान उनीहरूको कडा परिश्रम र अटल प्रतिबद्धताको लागि विषेश सम्मान देखाउने हाम्रो प्रयास हो । हाम्रा चालकहरूलाई समर्थन गरेर, हामी सामूहिक रूपमा सम्पूर्ण इनड्राइभ इकोसिस्टमलाई बलियो बनाउन कटिबद्ध छौं ।’
इनड्राइभ नेपालकी ड्राइभर अपरेशन स्पेसलिस्ट सुनिता जीमी राईले पनि आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, ‘हामीले हाम्रा ड्राइभर पार्टनर्सका लागि राम्रो र वृहत अभियानको वाचा गरेझैं, हामी यहाँ एक मेगा गिभअवेको साथ आएका छौं । यो चालकहरुको अविश्वसनीय कडा परिश्रम, अटल समर्पण, र सेवा गरिरहनुभएको कार्यलाई मनाउने हाम्रो तरिका हो । तपाईंले गर्ने प्रत्येक राइडले उत्कृष्ट सेवा र सुरक्षाप्रति तपाईंको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । अब समय आएको छ तपाईंहरूको योगदानको कदर गर्ने । त्यसैले, राइड सुरु गर्नुहोस र मेगा गिफ्ट ह्याम्पर जित्ने यो सुनौलो मौका नगुमाउनुहोस् ।’









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया