टाटा कर्भ ईभीमा काठमाडौँदेखि कन्याकुमारीसम्मको सफल यात्रा सम्पन्न

काठमाडौँ। नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौँदेखि कन्याकुमारीसम्मको ‘केटुके ड्राइभ’ सफलतापूर्वक सम्पन्न गरेका अटो उत्साही अवशिष प्रसाद ओझा र विजय राम कासजूलाई बधाई दिएको छ।
विश्व वातावरण दिवस २०८२ (जेठ २३) मा थापाथलीस्थित टाटा मोटर्स शोरूमबाट टाटा कर्भ ईभीमा सुरु गरिएको यो विद्युतीय गाडीको यात्रा, भारतको दक्षिणी छेउ कन्याकुमारीसम्म पुगेर करिब ६७०० किलोमिटरको दूरी पार गरी पुनः थापाथलीस्थित टाटा मोटर्स शोरूममै सम्पन्न भएको हो।
मंगलबार, थापाथलीस्थित पीभीबीयू शोरूममा यात्रामा सहभागी अटो उत्साहीद्वय ओझा र कासजूसँग एक विशेष अनुभव आदान–प्रदान कार्यक्रम आयोजना गरियो।
कार्यक्रममा उनीहरूले यात्राको अनुभव, चार्जिङ पूर्वाधार, सडकको अवस्था र टाटा कर्भ ईभीको उत्कृष्ट प्रदर्शनबारे छलफल गरे।
यात्राको अनुभव र कर्भ ईभीको प्रदर्शन
अवशिष ओझाले टाटा कर्भ ईभीको प्रदर्शनको प्रशंसा गर्दै भने, “कर्भ ईभीले लामो दुरीको यात्रा अत्यन्त सहज र रोमाञ्चक बनायो। भारतभरका चार्जिङ स्टेसन, सडकको अवस्था र गाडीको प्रदर्शन उत्कृष्ट रहेको अनुभव गर्यौँ।”
उनले कर्भ ईभीले भारतमा एकै चार्जमा ५०० किलोमिटरभन्दा बढी र नेपालमा ३७५ किलोमिटरभन्दा बढी रेञ्ज दिएको जानकारी दिए, जसलाई उनले “एकदमै प्रभावशाली” भनेका छन्।
ओझाले टाटाको गाडी लिएर भारत जाने सोच बनाएकाहरूलाई ढुक्क भएर यात्रा गर्न सकिने सुझाव दिए।विजय कासजूले थपे, “यात्रा केवल ड्राइभ मात्र होइन, यो विद्युतीय सम्भावनाहरूको परीक्षण थियो। र, हामी उत्साहित छौँ कि कर्भ ईभीले त्यो सम्भावनालाई प्रमाणित गर्यो।”
विद्युतीय सवारीको भविष्यमा विश्वास
कार्यक्रममा प्यासेन्जर गाडी डिभिजनका जनरल म्यानेजर सावन्त जंग सिजापतिले यस ऐतिहासिक ड्राइभमा जोडिन पाएकोमा गर्व व्यक्त गर्दै ओझा र कासजूलाई बधाई दिए।
उनले भने, “कुनै समय काठमाडौंबाहिर विद्युतीय गाडी लग्न दुई चोटि सोच्नु पर्थ्यो, अहिले नेपालबाट भारतको यात्रा गर्दा पनि सहज छ भन्ने सन्देश यो केटुके ड्राइभले पुष्टि गरेको छ।”
नेपालमा हालै सार्वजनिक गरिएको टाटा कर्भ ईभी अत्याधुनिक फिचरहरूसहितको इलेक्ट्रिक एसयूभी–कुपे हो, जसमा लेभल–२ ADAS, V2L टेक्नोलोजी, प्यानोरामिक सनरुफ र उन्नत सुरक्षा सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
सिप्रदी ट्रेडिङले कर्भ ईभीजस्ता प्रविधिमैत्री उत्पादनमार्फत इलेक्ट्रिक मोबिलिटीको भविष्य निर्माणमा निरन्तर भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ। यो सफल यात्राले विद्युतीय सवारी साधनको क्षमता र विश्वसनीयतामा आम जनताको विश्वास बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
















विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
अमेरिकाले कब्जा गरेको इरानी जहाजको चालक दलका १५ सदस्य इरानलाई हस्तान्तरण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया