इलिक्सरको सर्वोत्कृष्टताको निरन्तरता, १८ जनाले ल्याए ४ जिपिए

काठमाडौँ । चाबहिलमा अवस्थित इलिक्सर एकेडेमीले संस्कार सहितको शिक्षालाई विशेष महत्व दिएको छ।
स्थापनाकाल देखि नै विद्यार्थीको सर्वाङ्गिण विकासलाई ध्यानमा राख्दै आफ्ना क्रियाकलाप सञ्चालन गरिरहेको विद्यालयका प्रिन्सिपल रविन दाहाल, सर्वोत्कृष्टताको निरन्तरता हुनुमा“एउटा ओदानका तीनवटा खुट्टा” जस्तै अभिभावकविद्यार्थी र विद्यालय बीचको पारस्परिक सहयोग नै रहेको धारणा व्यक्त गर्दछन्।
वि. सं. २०६७ सालदेखि उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको यस विद्यालयले वि. सं. २०८१ सालमा उच्च सफलता हासिल गरेको छ। यसअघि २०७८ सालको एसईई परीक्षामा पनि काठमाडौँ जिल्लामा प्रथम भई काठमाडौँ महानगरपालिकाबाट नगद पुरस्कार सहित“सर्वोत्कृष्ट विद्यालय पुरस्कार”ले पुरस्कृत भएको थियो। त्यस्तै २०८० सालको एसईई परीक्षामा समेत काठमाडौँ जिल्ला प्रथम भई प्याबसन काठमाडौँद्वारा “उत्कृष्ट विद्यालय सम्मान २०८०” ले सम्मानित भएको थियो।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको २०८१ सालको माध्यमिकशिक्षा परीक्षा एसईईको नतिजाअनुसार यस वर्ष इलिक्सर एकेडेमीबाट एसईई सहभागी ३८ जना विद्यार्थीहरूमध्ये १८ जनाले ४ जिपिएसहित सतप्रतिशत विद्यार्थीले ३.७३ भन्दामाथिअङ्क प्राप्त गर्न सफल भएका छन्।
















पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
Finance Minister Wagle conveys positive outlook for forthcoming budget
फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प
ऊर्जा सङ्कटबीच जापान–अस्ट्रेलिया सहकार्य विस्तार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया