कांग्रेस बैठकमा गृहमन्त्री लेखकले भने– गठबन्धनको विकल्प खोजिए फाइदा हुँदैन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सत्ता गठबन्धनको विकल्प खोजे गन्तव्यमा नपुग्ने बताएका छन् ।
सानेपामा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै दुईवटा पार्टीका बीचमा समस्या देखिएपनि सल्लाह गरेर अघि बढ्नुपर्ने बताए ।
‘गठबन्धनलाई राम्रोसँग हिँडाएर कांग्रेसको हितमा जान सक्ने किसिमले काम गरिरहेका छौँ । अरू राजनीतिक दलहरूलाई पनि समेटेर अहिलेको सरकारलाई निरन्तरता दिन उपयुक्त हुन्छ,’ गृहमन्त्री लेखकले बैठकमा भने, ‘अहिले अर्को विकल्पमा कुरा गर्न थाल्यौ भने गन्तव्यमा पुग्दैनौँ । कांग्रेसलाई ठिक हुँदैन । यही गठबन्धनमा कमीकमजोरीलाई सुधार गर्दै अहिलेको सरकारलाई निरन्तरता दिन उपयुक्त हुन्छ ।’
उनले सरकार सही ढंगले अघि बढाउन कोसिस अहिलेको सरकारलाई नै निरन्तरता दिनुपर्ने बताए । भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नभएको प्रष्टीकरण दिँदै आफूविरुद्ध प्रतिशोध साँध्ने गरी प्रचार भएको समेत बताए ।
















सामान्य अंकले बढ्यो सेयर बजार
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया