सामसङको ग्यालेक्सी बड्स कोर सार्वजनिक, किफायती मूल्यमा प्रिमियम साउन्ड र ग्यालेक्सी एआई

काठमाडौं । नेपालको अग्रणी प्रविधि ब्रान्ड सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन, Galaxy Buds Core, नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ। जुलाई १ देखि उपलब्ध हुने यी बड्सहरू दैनिक उपयोगका लागि डिजाइन गरिएका छन्, जसले प्रिमियम फिचरहरू जस्तै उत्क्रिष्ट साउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन (ANC), र ग्यालेक्सी एआईको इन्टरप्रिटर मात्र रु ७,३९९ को किफायती मूल्यमा उपलब्ध गराएको छ ।
कालो र सेतो रंगमा उपलब्ध Galaxy Buds Core नेपालभर सामसङका आधिकारिक बिक्रेताहरू बाट बिक्री हुनेछ।
कम्प्याक्ट । शक्तिशाली । स्मार्ट।
Galaxy Buds Coreले डायनामिक ड्राइभरहरूको प्रयोग गरी deep immersive साउन्ड तथा शक्तिशाली bass प्रदान गर्दछ । ANC र कल न्वाइज रिडक्सनको साथमा, प्रयोगकर्ताहरूले धेरै हल्ला भएको ठाउँमा पनि स्पष्ट सँग कुरा गर्न सक्छन् । तीनवटा माइक प्रणालीले उत्कृष्ट भोकल स्पष्टता सुनिश्चित गर्छ, जसले यी इयरबड्सलाई फोन कल, संगीत, वा मिटिङका लागि एक्दम उपयुक्त बनाउँछ।
प्रत्येक इयरबडमा सुरक्षित र सहज विङटिप्स छन्, जसले कठिन गतिविधिहरूको क्रममा पनि आरामदायी महसुस गराउँछ।
ग्यालेक्सी एआई इन्टरप्रिटर – तपाईँको कानमा रियल-टाइम अनुवाद
यसको प्रमुख फिचरहरू मध्ये एक हो Galaxy AI इन्टरप्रिटर, जसले आमने सामने कुराकानीको क्रममा दुईतर्फी रियल-टाइम अनुवाद प्रदान गर्छ। तपाईं आफ्नै भाषामा बोल्नुहोस्, र इयरबड्सले त्यसलाई तुरुन्तै अनुवादित उत्तर प्रदान गर्नेछ ।
दैनिक जीवनका लागि सुविधा सम्पन्न
संगीत, कल, र भ्वाइस असिस्टेन्टका लागि टच कन्ट्रोल
उपकरणहरूबीच सजिलै स्विच गर्नको लागि अटो स्विच र मल्टि-डिभाइस कनेक्टिभिटी
सामसङ फाइन्ड एप मार्फत फाइन्ड माई इयरबड्स
IP54 रेटिंगका साथ पानी र धुलो प्रतिरोधी
स्थिर र छिटो कनेक्टिभिटीको लागि ब्लुटुथ ५.४
चार्जिङ केससहित ३५ घण्टासम्मको ब्याट्री लाईफ (ANCको साथमा २० घण्टा)
Galaxy Buds Coreले दैनिक उपयोगिता र नवीनताको मिश्रण गर्दै, उच्चतम् विशेषताहरूलाई किफायती मूल्यमा उपलब्ध गराउँछ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया