पूर्व प्रेमीलाई मार्न मासुमा विष हालिन्, अस्वीकार गरेपछि मासु खाने बालकको मृत्यु

काठमाडौँ । इण्डोनेसियामा मासुमा विष हालेर मान्छे मारेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । कुखुराको मासुमा विष राखेर खुवाएको अभियोगमा इण्डोनेसिया प्रहरीले २५ वर्षकी नेनी नुरजामनलाई पक्राउ गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार महिलाले आफ्नो पूर्व प्रेमीको हत्या गर्न मासुमा विष मिलाएकी थिइन् । उनले विष मिसाएको मासु पूर्व प्रेमीको घरमा डेलिभर गर्न लगाएकी थिइन् । विष मिसाएको मासु डेलिभरी गर्नेको छोरा १० वर्षीय नभा फिजाप्रिसेटियाले खाएपछि उनको मृत्यु भएको हो ।
‘बेन्दीयामन नाम गरेका डेलिभरी ब्वाय महिलाका पूर्व प्रेमी टमीको घरमा पुगे, उक्त समयमा टमी घरमा थिएनन्, डेलिभरी ब्वायले त्यहाँ टमीकी श्रीमती भेटे । श्रीमतीले आफूलाई डेलिभरीबारे जानकारी नभएको बताइन्,’ द सनले लेखेको छ, ‘यसबारे फोनमा टमलाई सोधिन्, तर टमले पनि आफूले केही अर्डर नगरेको भनेपछि उनकी श्रीमतीले डेलिभरी अस्वीकार गरेकी थिइन् ।’
टमले डेलिभरी अस्वीकार गरेपछि त्यस डेलिभरी ब्वाईले त्यो मासु आफ्नै घरमा लगेर उनको छोरा र श्रीमतीलाई खान दिएका थिए । मासु खाएपछि उनीहरु दुवै जनाले वान्ता गर्न थाले । वान्ता गर्न थालेपछि योगकर्ता शहरको अस्पतालमा लगियो । उनको श्रीमती बचे तर बच्चा बच्न सकेनन् ।
यस घटनालाई मध्यनजर गर्दै प्रहरीले उक्त महिलालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार आफ्नो प्रेमीले अर्कै मान्छेसँग विवाह गरेपछि उनले यस्तो कदम उठाएको हो । पक्राउ परेकी महिलामाथि आरोप प्रमाणित भए मृत्युदण्ड हुन सक्ने प्रहरीले जनाएको छ । एजेन्सी
















गोरखामा बसको ठक्करबाट बृद्धाको मृत्यु
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
हिटलरको घर अब प्रहरी चौकी
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
प्रतिक्रिया