मोबाइल बैंकिङ एपबाटै पाँच लाखसम्मको ऋण, ‘फोन लोन’को सुविधा सुरु

काठमाडौं । अब कुनै कागजी प्रक्रिया, धितो राख्नुपर्ने झन्झट वा बैंक धाउनुपर्ने आवश्यकता बिना नै मोबाइल बैंकिङ एपबाट पाँच लाखसम्मको तत्काल कर्जा प्राप्त गर्न सकिने सुविधा सुरु भएको छ । फोन लोनमार्फत सुरु गरिएको यो सेवा विशेषगरी आम नागरिकका साना–ठूला इच्छा र आवश्यकता पूरा गर्न सहज, छिटो र सुरक्षित विकल्पका रूपमा ल्याइएको हो ।
फोन लोनले प्रयोगकर्तालाई मासिक किस्तामा सजिलै तिर्न मिल्ने गरी सहज रूपमा कर्जा उपलब्ध गराउँछ । हाल यो सेवा कृषि विकास बैंक, सिटिजन्स, कुमारी, लक्ष्मी सनराइज, नेपाल इन्भेस्टमेन्ट मेगा, नबिल, माछापुच्छ्रे, प्रभु र एनआईसी एसिया बैंकका मोबाइल बैंकिङ एपमार्फत प्राप्त गर्न सकिन्छ ।
सेवा लिनका लागि योग्यतासम्बन्धी जानकारी र नियम–सर्तहरू फोनेलोनको आधिकारिक वेबसाइटमा पढ्न सकिनेछ । आफ्नो योग्यता जाँच गरी आजै आफ्नो बैंकको मोबाइल एपबाट आवेदन दिन सकिने सुविधा उपलब्ध छ ।
फोन लोनसम्बन्धी थप जानकारी वा जिज्ञासाहरूका लागि सम्बन्धित बैंकमा सम्पर्क गर्न वा फोन लोनको वेबसाइटको सम्पर्क पृष्ठ प्रयोग गर्न समेत सकिनेछ । यदि हाल फोन लोनका लागि योग्य नभएमा आफ्नो बैंक खाताबाट नियमित आम्दानी, स्थिर मौज्दात र समयमै लोन भुक्तानीजस्ता व्यवहार सुनिश्चित गरेर भविष्यमा योग्य बन्ने तयारी गर्न सकिनेछ ।
फोन लोनले आधुनिक प्रविधिको उपयोगमार्फत कर्जा प्रक्रियालाई अझ सहज, छरितो र सर्वसुलभ बनाउने लक्ष्य लिएको जनाएको छ ।
















President issues Ordinance on Constitutional Council
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
अमेरिकाले कब्जा गरेको इरानी जहाजको चालक दलका १५ सदस्य इरानलाई हस्तान्तरण
वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया