भरतपुरमा आज तीन घन्टा विद्युत अवरुद्ध हुने
मेरोन्यूज
२०८२ असार २८ गते ९:२४

चितवन । भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा शनिबार तीन घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर महानगर वडा नम्बर ६, ७, ८, १०, १३, १४, १५, १६, २२ र आसपासका क्षेत्रमा शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।
भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर–१, औद्योगिक–१, हस्पिटल फिडर र ३३ केभी देवनगर प्रसारण लाइन अन्तर्गत विरुद्ध अवरुद्ध हुने छ ।
बाइपास रोडमा ११ केभी प्रसारण लाइनको विद्युतीय संरचनाहरू निर्माण गर्नुपर्ने भएकोले उक्त स्थानमा विद्युत अवरुद्ध हुने भएको बताइएको छ ।
सम्बन्धित
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया