सेवा प्रवाह प्रभावकारी नभएको गुनासो

कर्णाली। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई ठूला राजनीतिक दलहरूको गठबन्धनले राजनीतिक स्थिरता भएपनि नागरिकहरूले सेवा प्रवाह प्रभावकारी नभएको गुनासो गर्दै आएको बताएका छन् ।
नेपाली कांग्रेस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति खड्काले तीनै तहका सरकार स्थिर हुँदा पनि काममा केही गुनासाहरू आउनुले सेवा प्रवाहमा सुधार आउन नसकेको बताए।
उनले भने, ‘सत्तामा रहेका राजननीतिकर्मीले नै असन्तुष्टि बाँड्ने काम गरेका छन् । यो जिम्मेवारीमा रहेका व्यक्ति तथा नेतृत्वको कमजोरी हो ।’
उनले संविधान संशोधन, विकास निर्माणलाई तीव्रता दिँदै जनताका इच्छा र आकांक्षाअनुसार सरकारले प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘राजनीतिकर्मी लोभबाट मुक्त हुनुपर्यो । लोभबाट मुक्त भएको मान्छे डरबाट मुक्त हुन्छ । डरबाट मुक्त मानिस मात्र शिर ठाडो पारेर हिँड्न सक्छ ।’

















जुम्लामा ९२५ जना अस्थायी मतदाता
इरानी आक्रमणमा अमेरिकी एफ-१५ लडाकु जेट कुवेतमा खस्याे
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा
कुवेतस्थित अमेरिकी दूतावासमा इरानी आक्रमण
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
प्रतिक्रिया