इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी । इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको लेबनानको सरकारी समाचार संस्था नेशनल न्यूज एजेन्सी (एनएनए) ले जनाएको छ ।
इजरायली सेनाले हिज्बोल्लाहका लक्ष्यहरूमा प्रहार गरेको पुष्टि गरेको छ । इजरायली सेनाले एक विज्ञप्तिमा ‘हिज्बोल्लाहको रेडवान बल’ विरुद्ध ‘हवाई हमला’ गरिएको उल्लेख गरेको छ ।
ती हमलाले ‘आतंकवादी आक्रमणको योजना बनाउने र कार्यान्वयन गर्ने’ प्रशिक्षण केन्द्रहरूलाई निशाना बनाएको इजरायलको दाबी छ ।
लेबनानी सञ्चार माध्यमका अनुसार, उत्तरी बेका उपत्यकाको वादी फराह क्षेत्रमा गरिएको हवाई हमलाले सीरियाली विस्थापित बसोबास गरेको एक शिविरमा आक्रमण गरेको थियो, जसमा १२ जनाको मृत्यु भएको छ । मृतकमध्ये सात जना सीरियाली रहेका छन् भने आठ जना घाइते भएका छन् ।
इजरायल र इरान समर्थित हिज्बोल्लाहबीच नोभेम्बरमा युद्धविराम सम्झौता भए पनि इजरायली आक्रमणहरू जारी छन् । सो युद्धविराम अनुसार हिज्बोल्लाहले आफ्ना लडाकु लितानी नदीको उत्तरतर्फ तान्नुपर्ने थियो भने इजरायलले पनि आफ्नो सेना पाँचवटा रणनीतिक स्थानबाहेक अन्य स्थानबाट फिर्ता गर्नुपर्ने थियो ।









एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया