सिरहामा सात क्विन्टल १७ किलो गाँजा बरामद

सिरहा । सिरहाको सुखीपुर नगरपालिका–४ पोखरियाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। गोप्य सूचनाको आधारमा शुक्रबार बिहान करिब ६ बजे ६० वर्षीय मेदि यादवको घरमा छापा मार्दा २७ पोका गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी बिरेन्द्र कुमार पासवानले जानकारी दिए।
उनका अनुसार प्रचौ सिलौर्वापछवारी र सशस्त्र प्रहरी बल बेस क्याम्प सुखीपुरबाट खटिएको संयुक्त ८ जनाको टोलीले पहिलो चरणमा २६ पोका गाँजा फेला पारेको थियो। पछि जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप गएको टोलीले थप १ पोका फेला पार्दा कुल ७१७.६ किलोग्राम ९सात क्विन्टल १७ किलो ६ सय ग्राम० गाँजा बरामद भएको हो।
बरामद गरिएको सबै गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ। घटनाका मुख्य अभियुक्त मेदि यादव हाल फरार रहेका छन् भने उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
विश्वकप लिग-२ क्रिकेट: आज नेपाल र ओमान भिड्दै
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया