लगातार चाैथाे दिन बढ्यो सुनको भाउ, आज ताेलाकाे कति ?
मेरोन्यूज
२०८२ साउन ५ गते १२:१९

काठमाडौं । नेपाली बजारमा लगातार सोमबार पनि सुनको मूल्य बढिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत हप्ताको बिहीबारदेखि सुनको भाउ निरन्तर बढिरहेको हो । आज छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ९३ हजार ७ सयमा कारोबार भइरहेको छ ।
गत बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै शुक्रबार पनि सुनको भाउ २ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ५ सयमा कारोबार भएको थियो ।
हिजो आइतबार समेत तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि बढेको हो ।
महासंघकाअनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको २ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सुनचाँदीको मूल्यमा केही गिरावट
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया