आज शुक्रबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रूपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६२ रूपैयाँ ०८ पैसा र बिक्रीदर १६२ रूपैयाँ ७८ पैसा , युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रूपैयाँ ८१ पैसा र बिक्रीदर १८७ रूपैयाँ ६२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १७४ रूपैयाँ ३८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ २१ पैसा र बिक्रीदर ९१ रूपैयाँ ६१ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ३३ पैसा र बिक्रीदर १०१ रूपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपैयाँ र बिक्रीदर १०८ रूपैयाँ ४७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ ४१ पैसा र बिक्रीदर नौ रूपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २८ पैसा र बिक्रीदर १९ रूपैयाँ ३६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०१ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ २७ पैसा र बिक्रीदर चार रूपैयाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ ७३ पैसा र बिक्रीदर ३२ रूपैयाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ ०७ पैसा र बिक्रीदर १० रूपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ४७ पैसा र बिक्रीदर १४ रूपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ७१ पैसा र बिक्रीदर २१ रूपैयाँ ८१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५७ पैसा र बिक्रीदर १७ रूपैयाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रूपैयाँ ३० पैसा र बिक्रीदर ४५४ रूपैयाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३६७ रूपैयाँ ६३ पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३५९ रूपैयाँ ८९ पैसा रहेको छ ।
भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंककले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंककले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंककको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

















Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सबैमा धन्यवाद
Voting concludes: EC says nearly 60 percent voter turnout
PM Karki, her Qatari counterpart hold phone talks, discuss Nepalis’ security in West Asia
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
प्रतिक्रिया