एनपिएलमा सुदूरपश्चिम रोयल्सको एक्सिलेन्स पार्टनरमा मार्भल टेक्नोप्लास्ट
मेरोन्यूज
२०८२ साउन १३ गते १९:१७

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका लागि लागि मार्भल टेक्नोप्लास्ट प्रालिसँग एक्सिलेन्स पार्टनरको रूपमा सम्झौता गरेको छ।
सम्झौता पत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र मार्भल टेक्नोप्लास्ट प्रालिका उपाध्यक्ष पवनकुमार सान्चेतीले हस्ताक्षर गरे।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले मार्भलसँगको सहकार्यले एनपिएललाई उचाँइमा पुर्याउने बताए। उनले नेपाली क्रिकेटमा अझै राम्रो गर्ने योजनाका साथ मार्भलसँग सम्झौता गरिएको दाबी गरे।
मार्भल टेक्नोप्लास्ट प्रालिका उपाध्यक्ष पवनकुमार सान्चेतीले एनपीएलमा सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्न पाउँदा उत्साहित भएको भन्दै नेपाली क्रिकेटको विकासमा लाग्ने बताए।
सम्बन्धित














नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया