श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

बागमती। मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् ।
मकवानपुरगढी गाउँपालिका–५ बुङदोलस्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय मानबहादुर शिवभक्तिले घाँटी थिचेर आफ्नै श्रीमती ४० वर्षीया दुर्गालक्ष्मी शिवभक्तिको हत्या गरेको अभियोगमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घरमा कोही नभएको मौका छोपी मानबहादुरले घाँटी थिचेर श्रीमती दुर्गालक्ष्मीको हत्या गरेको अभियोगमा मानबहादुरलाई पक्राउ गरिएको प्रनाउन अर्यालले बताए।
पक्राउ परेका मानवबहादुरले श्रीमती पक्षघातको बिरामी भई हिँड्डुल गर्न नसक्ने अवस्थामा रहेकाले आफू तनावमा आई श्रीमतीको घाँटी थिची हत्या गरेको र आफू झुण्डिएर आत्महत्या गर्न खोज्दा डोरी चुडिएपछि प्रहरीको सम्पर्कमा आएको भनी प्रहरीमा बयान दिएका छन् ।
दुर्गालक्ष्मीको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया