सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक र राजदूत पौडेलबिच छलफल

काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समितीका सभापति तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र पोर्चुगलस्थित नेपाली राजदूत प्रकाशमणि पौडेलबिच बिदेशी प्रत्यक्ष लगानी भित्र्याउन आवश्यक रणनीतिक छलफल भएको छ ।
साथै उत्पादनशील क्षेत्रहरू र प्रविधी स्थानन्तरणहरूमा रेमिटान्स लगानीलाई समर्थन गर्न औपचारिक नेटवर्कहरूको स्थापना गर्ने, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र अध्यात्मिक रिट्रिटहरूको लागि नेपाललाई शीर्ष गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने बिषयमा छलफल भएको छ ।
उक्त छलफल कार्यक्रममा पोर्चुगलमा रहेका नेपालीहरूका समस्या समाधानका लागि आफु लागि परेको र नेपाली आप्रवासीहरूको कल्याण र अधिकार सुनिश्चित गर्ने कार्य राजदूत पौडेलले बताए । साथै उनले पोर्चुगलमा नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्ने प्रभावकारी योजना बनिरहेको समेत जानकारी दिए ।
भेटमा पोर्चुगलमा रहेको नेपाली मिसन र सीएनआई बीचको संस्थागत सम्बन्धको बारेमा पनि छलफल भएको थियो ।
















वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया