वैदेशिक रोजगारीको नाममा ५१ लाख ठगी गर्ने दुई पक्राउ

काठमाडौं । अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतका मुलुकमा रोजगारी दिलाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-२ का ५५ वर्षीय रवि बम्जन र सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-३ की ४८ वर्षीया फुलमाया खत्री छन्।
बोम्जनलाई हाल काठमाडौं, नागार्जुन नगरपालिका-४ र खत्रीलाई हाल काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ बसोबास गर्दै आएको खुलेको छ। दुवैलाई २०८२ साउन २३ गते काठमाडौं उपत्यकाका फरक-फरक स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
पीडितहरूले दिएको जाहेरीका आधारमा प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको उक्त जनाएको छ।
उनीहरूले हालसम्म ११ जनाबाट ५१ लाख रुपैयाँ ठगी गरेको आरोप छ। कार्यालयका अनुसार ठगी रकम र पीडितको संख्या अझ बढ्न सक्ने अनुमान छ।
















वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया