बुझेर बोल्नुस्, आत्मरतिका लागि नबोल्नुस् : मन्त्री त्रिपाठी

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना भाइरस (कोभिड–१९)को खोप आयातमा सरकारले कसैलाई एक पैसा कमिसन नदिएको बताएका छन् । मंगलबार पत्रकार सम्मलेनमा उनले भने, ‘बुझेर मात्र बोल्नुस्, झुटा अफवाह र आत्मरतिका लागि नबोल्नुस् ।’
मन्त्री त्रिपाठीले राजनीतिक दलका नेताहरूलाई पनि बुझेर मात्रै बोल्न आग्रह गरे । सेरमसँग नेपालले खरिद गरिसकेको १० लाख डोज खोप कहिले आउँछ भन्ने टुंगो छैन । कम्पनीमा भएको आगलागी, भारतमा महामारी फैलिएपछि खोप निर्यातमा रोक लगाउँदा खोप आउन ढिला भएको उनले जानकारी दिए ।
मन्त्री त्रिपाठीले भने, ‘एउटा कम्पनीलाई २० प्रतिशत निर्यातका लागि अनुमति दिइसकेको छ । सेरमले पनि अनुमति पाउनासाथ पहिलो देशका रुपमा नेपालमा खोप आउँछ भन्ने विश्वासमा छौँ ।’
यसअघि नेपाललाई भारतले १० लाख डोज खोप अनुदानमा दिएको थियो भने चीनले ८ लाख खोप अनुदानमा दिएको थियो । नेपालले २० लाख डोज खोप खरिद गरेको थियो ।
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया