राष्ट्रिय वाणिज्य बैँकको कर्जामा चाडपर्व लक्षित अफर सार्वजनिक

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैँकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा अफर सार्वजनिक गरेको छ । बैँकका सूचना अधिकारी पवन रेग्मीले जारी गरेको विज्ञप्तिमा घर कर्जा २० वर्ष अवधिका लागि ६ दशमलव ३० प्रतिशतमा ५ करोड सम्म प्रदान गर्न सकिने उल्लेख छ ।
यसैगरी विद्युतिय सवारी साधान खरिद गर्न चाहने ग्राहकहरुका लागि ७ वर्ष अवधिको ६ दशमलव १० प्रतिशत व्याजदरमा १ करोडसम्मको कर्जा उपलब्ध गराउने बैँकले जनाएको छ । बैँकले इन्धन प्रयोग हुने सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि ६ दशमलव ८० प्रतिशत व्याजदरमा ७ वर्षसम्मका लागि १ करोडसम्म कर्जा प्रवाह गर्न सकिने विज्ञप्तिमा उल्लेख गरेको छ ।
चाडपर्वको समयमा सवारी साधन तथा घर खरिद गर्नेहरुको संख्या अधिक रहने भएका कारण सेवाग्राहीहरुलाई सहज होस भन्ने उद्धेश्यका साथ चाडपर्व विशेष कर्जा अफर ल्याएको सूचना अधिकारी रेग्मीले बताए।
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया