होटल व्यवसायलाई सहज ढङ्गले सञ्चालन गर्ने वातावरण बनाउन आग्रह

काठमाडौं । जिल्ला होटल व्यवसायी सङ्घले काठमाडौँभित्र सञ्चालनमा रहेका होटललाई सहज ढङ्गले सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेको छ ।
सङ्घले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई भेटेर होटल सहज ढङ्गले सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेका हुन् । सङ्घका अध्यक्ष सुरेश बरालले होटल व्यवसाय रातको १२ बजेसम्म सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरे ।
ठमेल र दरबारमार्गका होटललाई २४ सै घण्टा सञ्चालन गर्न दिने वातावरण निर्माण भएको बेलामा नयाँबसपार्क, सुन्धारा, गौशाला, बागबजार, कलंकीलगायतका होटल पनि रातको १२ बजेसम्म सञ्चालन हुने वातावरण बनाइदिन सङ्घले प्रमुख जिल्ला अधिकारीसमक्ष अनुरोध गरेको छ ।
भेटमा प्रजिअ रिजालले व्यवसायीहरूले उठाएका माग र समस्याबारे सम्बद्ध निकायसँग छलफल गरी समाधान खोज्ने बताए। उनले होटल व्यवसायलाई व्यवस्थित र सुरक्षासहित सञ्चालन गर्न प्रशासन सधैँ सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।









इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
छुटे दुर्गा प्रसाईं
प्रतिक्रिया