बुधबार, मंसिर १०, २०८२

हिमालयन बैंकको चाबहिल–२ शाखा बालुवाटार स्थानान्तरण, आजैदेखि कारोबार

मेरोन्यूज २०८२ असोज २ गते २०:३७

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो चाबहिल–२ शाखालाई स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखा काठमाडौँ महानगरपालिका–२, एन एल कम्प्लेक्स, बालुवाटारमा स्थानान्तरण गरेको हो ।

स्थानान्तरणसँगै आज बिहीबारदेखि बालुवाटार शाखा नामबाट बैंकिङ सेवा सुरु गरेको छ।

उक्त शाखाको औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले उच्चपदस्थ कर्मचारी र अन्य अतिथिहरूको उपस्थितिमा गरे ।

हाल बैंकले देशभर १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २८६ एटीएम, ८,००० भन्दा बढी पिओएस टर्मिनल र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया