भारतमा दुई वर्षमाथिका बालबालिकामा कोभिडको खोप परीक्षण गर्न अनुमति

नयाँदिल्ली । भारतमा २ देखि १८ वर्षसम्मको उमेर समूहका बालबालिकाहरुमा भारतकै बायोटेकले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप परीक्षणको अनुमति पाएको छ । भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठन (सीडीएससीओ) ले २ वर्षमाथिका व्यक्तिहरुमा खोप परीक्षण गर्न अनुमति दिएको भारतीय सन्चारमाध्यमले जनाएका छन् । यसअघि क्यानडा र अमेरिकाले यो उमेर समूहमा कोरोना भाइरसविरुद्धको खोप परीक्षण गरेको थियो । एम्स पटना,एम्स दिल्ली र मेडिट्रिना इन्स्टिच्युट अफ साइन्सेजका ५२५ जनामा खोप परीक्षण गरिने बताइएको छ ।
भारतीय चिकित्सा अनुसन्धान परिषद्को सहयोगमा भारत बायोटेकले भारतमा नै खोप उत्पादन गरिरहेको छ । यो खोप अहिले भारतमा १८ वर्ष माथिका व्यक्तिहरुलाई दिइँदै छ । बालबालिकाहरुका लागि कोरोना खोप प्रयोगको अनुमति दिने क्यानडा पहिलो राष्ट्र हो । क्यानडा र अमेरिकामा १२ देखि १५ वर्षका बालबालिकालाई खोप लगाउन अनुमति दिइएको हो ।















यस्तो छ आजकाे लागि फलफूल तथा तरकारीकाे मूल्य
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग
मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
दूतावासले साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन यस्ताे अनुरोध गरेकाे छ
अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीले दिए बधाई
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
‘म्यागासेसे’ को संसद् यात्रा…
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
आज राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने
प्रतिक्रिया