निषेधाज्ञा उल्लंघन गर्ने ५ जनाविरुद्ध मुद्दा दायर
मेरोन्यूज
२०७८ वैशाख ३१ गते १७:५७

पर्सा । वीरगञ्जमा निषेधाज्ञा उल्लंघन गर्ने ५ जनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ ।
निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पक्राउ परेका वीरगञ्ज महानगरपालिका–१० घर भएका साहेव शेख, पोखरियाका हनिफ हुसेन, विन्दवासिनीका भोलाप्रसाद शाह, वीरगञ्जका मोहम्मद असरफ राइन र भारतीय नागरिक मुन्ना शाहविरुद्ध मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि निषेधाज्ञा उल्लंघन र प्रहरीको काम कारबाहीमा अवरोध गरेको आरोप छ । आरोपितविरुद्ध सार्वजनिक हितविरुद्धको अपराध र संक्रामक रोग ऐन, २०२० अनुसार म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
कोरोना संक्रमण बढेपछि पर्सामा आगामी जेठ ६ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
सम्बन्धित















पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै शान्तिसैनिकको सुरक्षामा नेपालको जोड
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
आरनको भरमा लुहार दम्पतीको जीविका
सुदूरपश्चिममा ४१ हजार मत बदर
पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
प्रतिक्रिया