क्वालिफायरबाट विश्वकपमा पुगेको नेपाल,आजकाे अन्तिम खेल सामाओसँग

काठमाडौं ।ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट विश्वकपमा पुगेको नेपालले आज छनोटको ट्रफीका लागि सुपर सिक्सको अन्तिम खेलमा सामाओसँग प्रतिस्पर्धा गर्दैछ ।
दुई खेल अगावै भारत र श्रीलङ्कामा आगामी वर्ष आयोजना हुने आइसिसी टी–२० विश्वकपमा स्थान बनाएको नेपाल छनोटको उपाधि नजिक पुगिसेको छ ।
नेपालले बुधबार राति बलियो प्रतिद्वन्द्वी ओमालाई ३८ रनले हराएपछि नेपालको उपाधिको सम्भावना बलियो बनेको हो ।
नेपाल सुपर सिक्समा ८ अङ्कसहित शीर्षस्थानमा छ । दोस्रो र तेस्रो स्थास्थानमा रहेका यूएई र ओमानको ६–६ अंक रहेको छ । यूएईले अब कुनै खेल खेल्न बाँकी छैन भने ओमानले आजै अन्तिम खेलमा जापानसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले अब शुक्रबार सामोआलाई हराएमा अपराजित रहँदै छनोटको उपाधि चुम्नेछ । सुपर सिक्सबाट नेपालसँगै ओमान र यूएई विश्वकपमा पुगिसकेका छन् । नेपाल र ओमान दुई खेल अगाडि नै विश्वकप पुगेका हुन् । छनोट चरणको सुपरसिक्सबाट जापान, कतार र सामाओ भने बाहिरिसकेका छन्।
आजको खेल नेपालका लागि फाइनल बराबर हो । नेपाल ८ अंकसहित शीर्ष स्थानमा छ भने सामाओ अंकबिहीन पुछारमा छ । ओमानलाई हराएसँगै विश्वकप खेल्ने सपना पूरा भएको बताएका नेपालका कप्तान रोहित पौडेलले अबको सपना उपाधि उचाल्ने रहेको बताएका छन् । तेस्रो पटक विश्वकपमा छनोट भएको नेपालले छनोटको उपाधि पहिलो पटक उचाल्न लागेको हो।
उपाधिका लागि शुक्रबार दिउँसो ४:१५ बजे नेपालले ओमानको मैदानमा सामाओसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले सामाओलाई हराएमा अपराजित रहँदै १० अंक जोडेर उपाधि उचाल्ने छ । नेपाल पराजित भएर ओमानले जापानलाई हराए रनरेटका आधारमा शीर्ष स्थानमा रहेको टिमले उपाधि उचाल्ने छ । ओमान जापानसँग पराजित भए सामाओसँगको खेलको नतिजा अगाडि नै नेपालले उपाधि उचाल्ने छ । जापान र ओमानको खेल आजै बिहान ११ : ४५ बजे सुरु हुँदैछ ।













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया