सुनसरीमा निषेधाज्ञा कडाई गर्न सेना परिचालन हुँदै

काठमाडौँ । सुनसरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढेसँगै प्रशासनले आगामी जेठ १५ गतेसम्म जिल्ला भर पूर्ण निषेधाज्ञा गर्ने भएको छ । यसअगाडि निषेधाज्ञालाई सर्वसाधारणले चासो नदिएको भन्दै जिल्ला प्रशासनले नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ ।
शनिबारदेखि जिल्लाभर सेना परिचालन गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी उमेश ढकाल बताए । जिल्लाको धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकामा सेना परिचालन गरिने भएको हो ।
निषेधाज्ञा नियन्त्रण गर्न परिचालन गरिएका सेनाल रचनात्मक तरिकाले भूमिका खेल्ने प्रजिअ बताए । सेनाले मुख्य बजार क्षेत्र, अति भीड हुने स्थान र राजमार्गमा नियमित गस्ती गर्ने भएको हो ।
यसअगाडि वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाको समयमा मेडिकल, एम्बुलेन्स र अति आवश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरिएको छ ।















सुनसरीबाट दुई सय केजी गाँजा बरामद
Nepal Reaffirms Strong Support for UNIFIL and Safety of Peacekeepers
पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै शान्तिसैनिकको सुरक्षामा नेपालको जोड
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
प्रतिक्रिया