सुनसरीमा निषेधाज्ञा कडाई गर्न सेना परिचालन हुँदै

काठमाडौँ । सुनसरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढेसँगै प्रशासनले आगामी जेठ १५ गतेसम्म जिल्ला भर पूर्ण निषेधाज्ञा गर्ने भएको छ । यसअगाडि निषेधाज्ञालाई सर्वसाधारणले चासो नदिएको भन्दै जिल्ला प्रशासनले नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ ।
शनिबारदेखि जिल्लाभर सेना परिचालन गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी उमेश ढकाल बताए । जिल्लाको धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकामा सेना परिचालन गरिने भएको हो ।
निषेधाज्ञा नियन्त्रण गर्न परिचालन गरिएका सेनाल रचनात्मक तरिकाले भूमिका खेल्ने प्रजिअ बताए । सेनाले मुख्य बजार क्षेत्र, अति भीड हुने स्थान र राजमार्गमा नियमित गस्ती गर्ने भएको हो ।
यसअगाडि वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाको समयमा मेडिकल, एम्बुलेन्स र अति आवश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरिएको छ ।










एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५० मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित
रास्वपा केन्द्रीय समिति बैठक जारी
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
सुदूरपश्चिमविरुद्ध पहिला बलिङ गर्दै काठमाडौं
एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया