भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने

भक्तपुर । भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने भएको छ । भक्तपुरकै मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले अक्सिजन उत्पादन शुरु गरेलगत्तै भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने प्रक्रिया अघि बढाएको हो ।
वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा भक्तपुर अस्पतालमा अक्सिजन प्लान्ट राख्न लागिएको हो । त्यसका लागि प्रदेश सरकारले रु दुई करोड उपलब्ध गराउने निर्णय भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिए । मेसु गौतमका अनुसार जडान गर्न लागिएको प्लान्टले दैनिक चार हजार लिटर अक्सिजन उत्पादन गर्नेछ ।
“युएस कम्पनीको प्लान्ट जडान हुने र यसले दीर्घकालीन रुपमा अक्सिजन आपूर्तिको समस्या केही हदसम्म समाधान हुने अपेक्षा गरेकी छु”, मेसु गौतमले भनिन् । भक्तपुर अस्पतालले कोरोना सङ्क्रमितको उपचारमा जिल्लामै अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । गत वर्ष प्रदेशको उत्कृष्ट अस्पताल हुन सफल सो अस्पतालमा हाल ६५ कोरोना संक्रमितको उपचार भइरहेको छ ।
अक्सिजनको अभावकै कारण कोरोना संक्रमितको उपचारका लागि ७५ श्ययासम्म विस्तार गरिसकेको यो अस्पतालले केही श्यया कटौती गरिसकेको छ । अक्सिजनको अभावलाई न्यूनीकरण गर्न मेसु डा गौतमले तराईका जिल्लाबाट समेत अक्सिजन ल्याएर बिरामीको उपचार गरिएको बताए । मेसु डा गौतमले अस्पतालका आधा दर्जन स्वास्थ्यकर्मीसमेत कोरोना संक्रमित रहेका जानकारी दिँदै यस विषम परिस्थितिमा अस्पताललाई आफ्नै सम्झेर हौसला र सहयोगका लागि आम जनसमुदायसँग अपिलसमेत गरेका छन् । रासस















सुनसरीबाट दुई सय केजी गाँजा बरामद
Nepal Reaffirms Strong Support for UNIFIL and Safety of Peacekeepers
पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै शान्तिसैनिकको सुरक्षामा नेपालको जोड
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
प्रतिक्रिया