गच्छदारकाे पत्नीकाे निधनप्रति माधव नेपालले दिए श्रद्धाञ्जलि
मेरोन्यूज
२०७८ जेठ १ गते १६:५८

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको पत्नी निर्मला गच्छदारप्रति नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले श्रद्धाञ्जलि दिएका छन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत उनले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि दिएका हुन् ।
कांग्रेसका उपसभापति गच्छदारकी श्रीमतीको उपचारका क्रममा शनिबार बिहान ४ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । कलेजोको समस्या देखिएको उनलाई केही दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।
‘नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारको पत्नी निर्मला गच्छदारको उपचारका क्रममा निधन भएको खबर सुन्दा दुःख लागेको छ,’ नेता नेपालले लेखेका छन्, ‘शोकको घडीमा गच्छदारलगायत परिवारजनमा हार्दिक समवेदना र स्व. निर्मला गच्छदारप्रति भावपूर्ण श्रद्धाञ्जलि ।’
सम्बन्धित










कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
शंकर पोखरेल र महेश बस्नेत आउने भएपछि बारामा विरोध प्रदर्शन, ‘कर्फ्यू’ आदेश जारी
ताप्लेजुङको तेम्बा बजारमा आगलागी, एक करोड १८ लाखभन्दा बढीकाे क्षति
मोटोपनले अस्वस्थ महिला, कसरी बच्ने ?
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया