जाडो याम सुरु नहुँदै यशोधराका पाँच सय विद्यार्थीलाई न्यानो कपडा वितरण

भोजपुर, २३ कात्तिक : भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका पाँच सय विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । जाडो याम सुरु हुँदै गर्दा विद्यालयका विद्यार्थीलाई सहज अध्ययन वातावरण बनाउनका लागि ‘सेवक अभियान, धरान (सुनसरी)’ले उक्त सहयोग गरेको हो । विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक हौसला बढाउने उद्देश्यसहित सेवक अभियानले सहयोग गरेको विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिनुभयो । जाडोयाम सुरु भएकाले विद्यार्थीलाई न्यानो कपडा वितरणले सहजता थपिएको उहाँको भनाइ छ । जाडो मौसममा धेरै विद्यार्थी उचित पोशाक अभावमा कक्षा नियमित उपस्थित हुन नसक्ने समस्या देखिँदै आएकामा पोशाक वितरणले सहयोग पुगेको उहाँको भनाइ छ । सेवक अभियान धरानले विभिन्न दुर्गम विद्यालयमा पुगेर लत्ताकपडा, शैक्षिक सामग्री र सरसफाइ सामग्री वितरण गर्ने गर्दै आएको जनाएको छ । न्यानो कपडा तथा शैक्षिक सामग्री पाएसँगै विद्यार्थी खुसी भएका छन् । –––
















बाजुरामा अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण
निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
हुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया