कोरोना संक्रमितलाई निःशुल्क खानाको व्यवस्था

काठमाडौँ । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत कोरोना संक्रमित बिरामीलाई निःशुल्क खाना खुवाइएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना संक्रमण देखिएपछि नेपाली कांग्रेस नुवाकोट, यशोदादेवी भगवानसिंह मेमोरियल ट्रष्ट र ॐ आदी फाउन्डेशनको सक्रियतामा कोरोना संक्रमितलाई निःशुल्क खाना खुवाइएको हो ।
विपद्को समयमा कोरोना संक्रमित भएर अस्पताल बसेका बिरामीलाई थोरै भए पनि सहयोग पुग्ने उद्देश्यले विगत चार दिनदेखि त्रिवि शिक्षण अस्पतालमा रहेका बिरामीलाई खानाको व्यवस्था गरिएको कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए । यस्तै सोही संस्थाको सहयोगमा नुवाकोटको त्रिशूली अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित बिरामीलाई आजदेखि निःशुल्क खानाको व्यवस्था गरिएको छ ।
सभापति केसीले सम्बन्धित अस्पतालका चमेनागृहले कोरोना संक्रमित बिरामीलाई खाना खुवाउने र खाना खुवाउँदा लाग्ने आवश्यक खर्च नुवाकोट कांग्रेस, यशोदादेवी भगवानसिंह मेमोरियल ट्रष्ट र ॐ आदी फाउन्डेशनले व्यहोर्ने बताए । रासस










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया