कुशलको अर्धशतक पूरा, बने छैटौँ खेलाडी
मेरोन्यूज
२०८२ मंसिर २ गते १९:५१

काठमाडौँ। काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले अर्धशतक हिर्काएका छन् ।
उनले विराटनगर किङ्सविरूद्ध ३ छक्का र ५ चौकाको मद्दतमा अर्धशतक पूरा गरे । योसँगै भुर्तेल अर्धशतक हिर्काउने छैटौँ खेलाडीसमेत बनेका छन् । भुर्तेल ३१ बलमा ५९ रनमा आउट भए ।
यसअघि यही पहिलो इनिङमा विराटनगरका लोकेश बम र मार्टिन गुप्टिल अर्धशतक प्रहार गरेका थिए । लोकेश अर्धशतक हिर्काउने पाँचौँ र मार्टिन चौथो खेलाडी बनेका थिए । जारी प्रतियोगितामा तेस्रो अर्धशतक हिर्काउने खेलाडीमा रवी बोपरा छन् ।
चितवन राइनोजका अलराउण्डरसमेत रहेका रवीले आज भएको पहिलो खेलमा कर्णाली याक्सविरूद्ध ३५ बलमा अर्धशतक प्रहार गरेका हुन् ।
यसअगाडि पहिलो खेलको पहिलो इनिङमा कर्णाली याक्सका ओपनर ब्याटर प्रियान्क पन्चालले पनि अर्धशतक हिर्काए । उनी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका थिए । पहिलो अर्धशतक भने जनकपुर
बोल्ट्सका ब्याट्सम्यान आशिफ शेखको नाममा छ ।
सम्बन्धित















यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चैत्र शुक्ल पक्ष: आज चैते दसैँको घटस्थापना
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया