जुम्लामा ८४९ मतदाता थपिए

जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा ८४९ नयाँ मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख नारायणी आचार्यका अनुसार मतदाता नामावलीमा नाम दर्ता गराउनेमध्ये ५० प्रतिशत हाराहारीमा युवापुस्ता रहेका छन् । मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या आयोगले आजसम्म समय तोकेको छ । अहिले अनलाइनबाट आफ्नो मतदाता बनाउन सकिने व्यवस्था गरेकाले जिल्लामा बिहीबारसम्म ८४९ मतदाता थपिएका छन् । जसमध्ये महिला ३७३ र पुरुष ४७६ रहेका छन् । बाहिरी जिल्लाका ९७ जनाले जिल्लाबाट नयाँ मतदाताका रुपमा नाम दर्ता गरेका छन् ।
जिल्लामा नयाँ मतदाता थपिनुअघिको कुल मतदाता सङ्ख्या ६७ हजार ७३६ रहेको छ । जसमा पुरुष ३५ हजार २७५ र महिला ३२ हजार ४६१ रहेका छन् । हिमा गाउँपालिका–१ र पातारासी गाउँपालिका–७ मा एक–एक मतदान केन्द्र थप र तिला गाउँपालिका–९ मा एक मतदान केन्द्रको ठाउँ सार्नका लागि केन्द्रिय निर्वाचन आयोगमा सिफारिस गरिएको निमित्त प्रमुख आचार्यले जानकारी दिए ।
एक नगरपालिकासहित सात गाउँपालिका गरी आठ स्थानीय तह रहेको जिल्लामा जिल्लाभरि ७९ मतदानस्थल र १०२ मतदान केन्द्र स्थानीय तहको निर्वाचनमा कायम गरिएको छ । निर्वाचन कार्यालयले असोजदेखि मतदाता नामावली सङ्कलन गर्दै आएको छ ।
मतदाता नामावली सङ्कलनको म्याद कात्तिक मसान्तसम्म रहे पनि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद बढाएर आजसम्मका लागि थप गरेको छ ।

















हुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
PM Karki visits Janaki Temple, pays homage
मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया